फिफा विश्वकप कतार २०२२ युरोपियन छनोटमा रोमेलु लुकाकु चम्किँदा बेल्जियमले शानदार जीत निकालेको छ। बिहीबार राति भएको खेलमा बेल्जियमले इस्टोनियालाई ५–२ गोल अन्तरले हराएको हो।
लुकाकुले बेल्जियमका लागि ६६ गोल पुरा गर्दा बेल्जियमले घरेलु टिमविरुद्ध पुनरागमन जीत निकालेको हो। लुकाकुले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरे। लुकाकुले बेल्जियमका लागि ८८ क्याप पुरा गरेका छन्।
बेल्जियम चार खेलबाट १० अंकसहित समूहको इको शीर्ष स्थानमा छ। चेक रिपब्लिक ७ अंक सहित दोस्रो स्थानमा छ।





























प्रतिक्रिया