नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी तथा गायिका स्मिता दाहालको पहिलो हिन्दी गीत सार्वजनिक भएको छ ।
भारतीय नम्बर एक म्युजिक कम्पनि टि सिरिजको च्यानल ‘पप च्याटबस्टर्स’ को युट्युब च्यानलबाट शुक्रबार स्मिताको ‘इबादद बन गए हो’ बोलको गीत रिलिज गरिएको हो ।
गीतमा स्मितालाई भारतीय गायक शबाब साब्रीले स्वरमा साथ दिएका छन् । केआर वाहीको शब्द रहेको यस गीतमा गायक शबाब साबरीकै संगीत रहेको छ ।
टि सिरिजले गीत मन पराएपछि भिडियो आफूले रिलिज र बजार ब्यवस्थापन गर्ने निधो गरेको हो ।
स्मिताले सामाजिक सञ्जालमा भारतीय कलाकारसँग काम गर्न पाउँदा आफू अत्यन्तै खुशीका साथै उत्साहित रहेको बताएकी छिन् ।
गीतको म्यूजिक भिडियोमा स्मिता आफैले मोडलिङ पनि गरेकी छिन् । भिडियोमा स्मितालाई भारतीय अभिनेता अर्जुन बिजलानीले साथ दिएका छन् ।
गीतको भिडियो राजिव एस. रुईयाले निर्देशन गरेका छन् भने कोरियोग्राफी आयात खानको रहेको छ ।





























प्रतिक्रिया