प्रधानमन्त्री शेरबहादुर देउवाले नै प्रजातन्त्रमा संकट आउन सक्ने बताएका छन्।
कांग्रेस सभापतिसमेत रहेका देउवाले पार्टीको वडा अधिवेशन सुरु भएकै दिन भक्तपुर पुगेर उक्त अभिव्यक्ति दिएका हुन्।
तर, कसका कारण संकट आउन सक्छ? त्यो भने खुलाएनन्।
मुलुकको महत्वपूर्ण राजनीतिक परिवर्तन प्रजातन्त्र कांग्रेस नेतृत्वमा भएको सशस्त्र संघर्षपछि प्राप्त भएको हो।
पुनर्वहाली भने संयुक्त वाममोर्चासँगको सहकार्यमा भएको जनआन्दोलनबाट हो।
प्रधानमन्त्री देउवाले प्रजातन्त्रलाई सुदृढ बनाउनुपर्नेमा पनि जोड दिए।
आजै कांग्रेसको ५६ जिल्लाको अधिकांश वडामा अधिवेशन भएको छ।
सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिवसँगै सदस्यहरूका लागि अधिवेशन भएको हो।
निर्वाचित हुने वडा सदस्यहरूको संख्या भने गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका अनुसार कम बढी छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ५६ जिल्लाको आज अधिवेशन नभएको वडामा भोलि नभए पर्सी अधिवेशन हुने बताए।
निर्वाचन सामग्री वर्षाका कारण पुर्याउन कठिनाइ हुँदा आज अधिवेशन नभएको प्रवक्ता शर्माको भनाइ छ।
अधिवेशन सुरु भएपछि कांग्रेसको १४ औं महाधिवेशन हुने पक्का भएको छ।
महाधिवेशन आगामी मंसिर ९ गतदेखि हुने तय भएको छ।
तर, २१ जिल्लाको भने क्रियाशील सदस्यता विवरण सार्वजनिक हुन बाँकी छ।
त्यही भएर ती जिल्लाका वडा तहमा अधिवेशन नभएको कांग्रेसले जनाएको छ।
विवाद उत्पन्न भएका जिल्लाहरूको सदस्यता विवरण सार्वजनिक नभएको हो।
वडापछि पार्टीको अन्य तहको अधिवेशन हुने भएको छ। कांग्रेसको अधिवेशन पार्टी विधान र संविधानमा उल्लेखित प्रावधान अनुसारको अवधि नाघेपछि भएको हो।































प्रतिक्रिया