जागिर लगाइदिन्छु भनि ठगी गरेको अभियोगमा पक्राउ

जागिर लगाइदिन्छु भनि ठगी गरेको अभियोगमा पक्राउ

केन्द्रबिन्दु
0
Shares

जागिर लगाइदिन्छु भनी ५ जनाबाट ७ लाख ५५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा यमूनामाई गाउँपालिका-१ बस्ने ४२ वर्षीय विनय राउत कुर्मीलाई सोही गाउँपालिकास्थित सुकदेवचौकबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।

विनयले पीडितहरूलाई गत वैशाख २० गते दिउँसो गौर नगरपालिका-८ स्थित झोलुङगेपुल नजिक बाँसघारीमा बोलाई चिनजान गरी प्रलोभनमा पारी मेरो प्रहरीमा राम्रो सम्पर्क छ, भगौडा प्रहरीको खाली ठाउँमा जागिर लगाइदिन सक्छु, सो भएन भने विदेशमा राम्रो काममा पठाइदिन्छु भन्दै उक्त नगद ठगी गरी फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीउपर जिल्ला अदालत रौतहटबाट ठगी सम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Skip This
Skip This
Logo