कैलालीमा यात्रुवाहक विइङ्गर र अटो एक आपसमा ठोकिँदा ३ जनाको मृत्यु भएकाे छ । अन्य चार यात्रु घाइते भएका छन्।
शुक्रबार राति करिब ११ बजे गौरीफन्टा नगरपालिका ४ राजिपुरस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको म १ ज ३१९ नम्बरको विइङ्गर र पूर्वबाट पश्चिमतर्फ गइरहेको से १ ह २५१० नम्बरको अटो एक आपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेका ७ जनाकाे सेती प्रादेशिक अस्पताल धनगढी उपचारकाे क्रममा ३ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
मृत्यु हुनेमा कैलाली घोडाघोडी नगपालिका ९ बस्ने २४ वर्षीय युवराज चौधरी, सोही ठाउँका २६ वर्षीय भीगम चौधरी र १९ वर्षीय जितेन चौधरी छन्।
घाईते ४ जनाको हाल धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।































प्रतिक्रिया