कप्तान रुविना क्षेत्रीलाई केआई स्पोर्टसको प्रायोजन

कप्तान रुविना क्षेत्रीलाई केआई स्पोर्टसको प्रायोजन

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीलाई भारतीय कम्पनी केआई स्पोर्टसले प्रायोजन गरेको छ। 

शनिबार विज्ञप्ति जारी गर्दै केआईले रुविनालाई एक वर्षका लागि प्रायोजन गरेको जानकारी दिएको हो। रुविनाले महिला क्रिकेटलाई प्राथमिकता दिँदै उक्त क्षेत्रमा लगानी गरेकोमा लेभिन स्पोर्टसलाई धन्यवाद दिएकी छन्।

नेपाली खेलकुद प्रबन्ध कम्पनी लेभिन स्पोर्टसको समन्वयमा केआई स्पोर्टसले रुविनालाई प्रायोजन गरेको हो।

यता, नेपाल क्रिकेट संघ (क्यान) ले रुविनाको कप्तानीमा महिला टोलीलाई प्रशिक्षणमा बोलाएको छ।न्युज कारखाना

Logo