वामदेव उपप्रधानमन्त्री बन्न मलाई गाली गर्दै हिँडेः ओली

वामदेव उपप्रधानमन्त्री बन्न मलाई गाली गर्दै हिँडेः ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजोमात्र पार्टी परित्याग गरेका उपाध्यक्ष वामदेव गौतमप्रति पनि कडा कटाक्ष गरेका छन्।

शनिबार एमालेको काठमाडौं महानगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले वामदेव उपप्रधानन्त्री हुनका लागि आफूलाई गाली गरेर पार्टी छाडेँ अभिव्यक्ति दिए ।

गौतमले लेखेको राजीनामाको व्यहोरामाथि टिप्पणी गर्दै ओलीले भने, ‘अहिले कस्तो भएको छ भने कसैलाई उम्मेदवार हुन मन छ भने कस्तो ब्यहोराको निवेदन हाल्छ भने तपाईं केपी शर्मा ओली एकदमै तानाशाही हुनुभयो, पार्टीले भन्या मान्नुभएन, तपाईं केपी शर्मा ओलीले हामीलाई सम्मान गर्नुभएन, तपाई केपी शर्मा ओलीले विकास मात्रै गर्नुभयो ? तपाईं केपी शर्मा ओलीले खाली के जाती गरेँ, त्यसकारण तपाईंको पार्टी छोडेँ ।’

राजीनामाको विषय एउटा भए पनि उपप्रधानमन्त्री हुन व्यहोरा अर्कै लेखेको ओलीको भनाइ छ। उनले भने, ‘उता उपप्रधानमन्त्री हुन पाउँ भने हुन्छ नि केपी शर्मा ओलीलाई किन गाली गर्ने ? निवेदनमा एउटा कुरा र निवेदनको ब्यहोरा भने अर्कै छ।’ एउटालाई रिझाउन अर्कोलाई गाली गरिएको उनको भनाइ छ।
 

Skip This
Skip This
Logo