‘एमसीसी पास गर्न हिजो कन्दनी सुर्क्याएर लागी परेको मान्छे आज विरोध गर्दैछन्’

‘एमसीसी पास गर्न हिजो कन्दनी सुर्क्याएर लागी परेको मान्छे आज विरोध गर्दैछन्’

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी)की नेत्री रामकुमारी झाँक्रीले एमसीसीको विरोधमा उत्रिएको भन्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना गरेकी छन् ।

ओलीले आफू नेतृत्वको सरकारको पालामा एमसीसी पारित गर्न मरिमेटेर लागेको दाबी गर्दै उनले अहिले त्यसको विरोधमा उभिएकोमा आक्रोश व्यक्त गरिन् ।

शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको प्रथम नगर कमिटीको भेलामा बोल्दै उनले महाकाली सन्धिमा समेत राष्ट्रघात गरेका ओलीले राष्ट्रवादलाई आफूलाई पायक पर्नेगरी ब्याख्या गर्ने गरेकाले पनि नयाँ पार्टी गठन गरेर अघि बढनु परेको तर्क गरिन् ।

उनले भनिन्, ‘खडग ओली हिजो एमसीसी पास गर्न कन्दनी सुर्क्याएर लागी परेको मान्छे आज विरोध गर्दैछन । त्यसकारण पायक पर्दा बखत मात्र बोलिने राष्ट्रवाद । कमरेड भीम रावल आज एमसीसीको विरुद्धमा जसरी बोल्दैछन । मलाई सम्झना छ–५३ सालमा यो भन्दा ठूलो राष्ट्रघाती सन्धि महाकाली सन्धि भएको थियो । भीम रावलको पोजिशन के थियो ? कमरेड खडगप्रसाद ओलीको पोजिशन के थियो ?'

नेतृ झाँक्रीले ओलीको नेतृत्वमा रहेको एमालेको हालत सदभावना पार्टीको जस्तै हुने टिप्पणीसमेत गरिन् । उनले कम्युनिष्ट आन्दोलनलाई सत्यानाश बनाउने बाटोमा अघि बढेका ओलीले मुलुकलाई नै विघटनको दिशामा लैजाने प्रयास गरेपछि आफूहरूले सत्ताबाट हटाएको पनि बताइन् । 

Skip This
Skip This
Logo