साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचञ्ज (नेप्से परिसूचक) कारोबार सुरु भएको साढे दुई घण्टामा १ सय ३३ अंक भन्दा बढीले गिरावट भएको छ ।
कारोबार सुरु भएको साढे दुई घन्टा पुग्दा परिसूचक १ सय ३३ भन्दा बढीले घटिसकेको छ । समाचार तयार पार्दासम्म नेप्से परिसूचकमा १३४ अंकको गिरावट आएको छ । १ सय ३४ अंकले गिरावट आएसँगै नेप्से परिसूचक २७९२.१२ मा पुगेको छ ।
नेपालको इतिहासमा शेयर बजारमा सबैभन्दा बढी गिरावट आएको छ । यसअघि २०७७ मंसिर २१ गते एकै दिन १२३ अंकको गिरावट आएको थियो। त्यसपछि २०७७ पुस ५ गते बजारमा ९७ अंक सम्मको गिरावट आएको थियो। करिब ५० कम्पनीको सेयर मूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ।
नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीति पछाडि निरन्तर रुपमा शेयर बजारमा गिरावट आएको छ । भदौ २ गतेसम्म उच्च रेकर्ड बनाउदै आएको नेप्से त्यसपछि निरन्तर ओरालो यात्रा लाग्दै आएको छ ।
यो समाचार तयार पार्दासम्म १ करोड ३० लाख ७७ हजार कित्ता शेयर ६ अर्ब २४ करोड ७ लाख बराबरको कारोबार भएको छ ।
आज नेप्से परिसूचकमा कारोबार आएका १३ वटै उपसमूह राताम्मे भएको छ ।































प्रतिक्रिया