माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी) पार्टीलाई सबैभन्दा ठूलो बनाउन एक सांसद खोजी गरिरहेका छन्।
एक सांसद भेटिएको अवस्थामा नेपालको दल १४ सांसदसहित सबैभन्दा ठूलो दल बन्ने छ।
आज एमालेका थप तीनजना प्रदेशसभा सदस्यहरू दीर्घ सोडारी र तारा लामा तामाङसँगै विगतमा ओली पक्षमा खुल्दै आएका पूर्वराज्यमन्त्री प्रकाश रावलले आज निर्वाचन कार्यालय पुगेर नेकपा (एस)को पक्षमा सनाखत गरेसँगै सो पार्टीको प्रदेशसभा सदस्य संख्या १३ पुगेको छ।
प्रदेश सभामा माओवादी केन्द्रको पनि १३ जना नै सांसद छन्। एक सांसद थप हुने बित्तिकै माओवादी केन्द्रको भन्दा ठूलो पार्टी बनाएर सत्ताको दाबी गर्ने नेपालको चाहना छ।
नेकपा एसका सुदूरपश्चिमका सांसदहरू त्यसका लागि जुटेका छन्।
सांसद दीर्घ सोडारीका अनुसार सांसद बलदेव रेग्मीलाई एसको पक्षमा सनाखत गरेर ठूलो दल बनाउन लागी परेको बताए।
रेग्मी एमालेका सांसद हुन्।
हाल प्रदेश सभामा कांग्रेस र एमालेसँग १२ १२ जना सांसद रहेका छन्। जनता समाजवादी पार्टीका दुई जना सांसद रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।































प्रतिक्रिया