आज विश्व मुस्कान दिवस : विश्वभर विविध कार्यक्रम गरि मनाईंदै

आज विश्व मुस्कान दिवस : विश्वभर विविध कार्यक्रम गरि मनाईंदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

संसारलाई मुस्कानले सुधार गर्नुहोस् भन्ने नाराका साथ आज विश्व मुस्कान दिवस मनाईंदैछ । मुस्कान सबैको लागि महत्वपूर्ण भएकाले मुस्कानको महत्वलाई आत्मसाथ गर्न प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो शुक्रवार विश्वभर मुस्कान दिवस मनाइन्छ । आज त्यहि दिन हो । कोरोना भाइरसका कारण विगत वर्ष जस्तो यस वर्ष भने औपचारिक कार्यक्रमहरु गरिएका छैनन् ।

वर्चेस्टरका एक कलाकार हार्वे बलले सन् १९६३ मा अभिनयको क्रममा मुस्कान सहितको भाव अनुहारमा प्रस्तुत गरेपछि मानिसहरुको ध्यान मुस्कानको महत्व तर्फ केन्द्रित भएको थियो । त्यसपछि सन् १९९९ देखि यो दिवस औपचारिकरुपमै मनाउन थालिएको हो । सन् २००१ मा हार्वे बलको निधन भयो ।

त्यसबेला देखि उनको सम्झनामा बनेको विश्व हार्वे बल मुस्कान फाउण्डेसनले आजको दिनमा थुप्रै ठाउँमा मुस्कान दिवस विशेष कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । यस फाउण्डेसनको नारा भने संसारलाई मुस्कानले सुधार गर्नुहोस् , भन्ने रहेको छ ।

कसैले सोध्न सक्छ , तपाईं हामीमा के चाहिं यस्तो चिज छ, जसले सजिलै अरुलाई आकर्षित गर्न सक्छ ? त्यो चिजले हाम्रो मनोभाव हाम्रो व्यक्तित्वलाई दर्शाउने गर्दछ । यसमा धेरै सोच्नै पर्दैन , यो चिज हाम्रो मुस्कान हो ।

कुनै पनि औपचारिकता र मजबुरीबाट मुक्त हाम्रो मिठो मुस्कान । मुस्कान हाम्रो मनबाट निस्किएको एउटा यस्तो भाव हो जसले हाम्रो वरिपरिको मानिसलाई पनि खुशी तुल्याउँछ र सबैलाई आफूतर्फ आकर्षित गर्छ ।

Skip This
Skip This
Logo