पार्टीलाई विधानसम्मत मेराे उमेद्वारी : थापा

पार्टीलाई विधानसम्मत मेराे उमेद्वारी : थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका नेता गगनकुमार थापाले पार्टीलाई व्यवस्थित र विधानसम्मत तरिकाले चलाउनका लागि आफूले महामन्त्रीको उम्मेद्वारी दिएको बताएका छन् । 

सोमवार काठमाडौंमा आयोजित नेपाली काँग्रेसको १४औँ महाधिवेशन नेतृत्व विकास र भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नेता थापाले पार्टीको महामन्त्री बनेपछि ४ वर्षमा अधिवेशन गराउने र पार्टीका साथीहरुलाई अनसन बस्नुपर्ने स्थिति आउन नदिनको लागि महामन्त्रीमा उम्मेद्वारी दिएको बताए।

नेता थापाले पार्टीका आन्तरिक समस्याहरुलाई हल गर्न सके मात्र पनि आधा समस्या समाधान हुने विश्वास व्यक्त गरे । उनले पार्टीको व्यवस्थापन गर्न नसक्नेले देश, नगर, शहर बनाउँछु भनेर नपत्याउने बताए । नेता थापाले नयाँ काँग्रेस पुरानो दिनहरुलाई सम्झिएर बनाउनका लागि नौजवानको आवश्यक रहेको बताए ।

नेता थापाले भने-‘नेपाली काँग्रेस पार्टी विधानको अक्षर अक्षर पालना गरेर चलेन भने यो पार्टीले आफ्नो स्थिती बसाल्न सक्दैन, अहिले हामीले पाएको धेरै दुःखको कारण यही हो, पार्टीलाई अक्षरशः विधानको आधारमा चलाउन सक्यो भने हाम्रो धेरै समस्याको हल हुन्छ, मलाई केही नेताहरुले महामन्त्री बनेपछि के गर्छस् भनेर सोधेका छन्, म महामन्त्री बनेपछि पहिलो कुरा पार्टीको अधिवेशन ४ वर्षमा गराउँछु र अहिले जस्तो पार्टीका साथीहरुलाई पार्टी कार्यालयमा आएर अनसन बस्ने स्थिती सिर्जना गर्न दिन्न, यति मात्रै गर्न सके पनि आधा समस्या हल भएर जान्छ ।’

नेता थापाले  ठूला ठूला कुरा नगरी स सानो काम पूरा गरेर देखाउने काम गर्नुपर्ने धारणा व्यक्त गरे । देशमा संविधानको शासनको पक्षमा उभिने काँग्रेस आफ्नो पार्टीभित्र पनि विधिको शासन स्थापित गरेर छोड्ने बताउँदै उहाँले ठूला नेताहरुले साथ दिएर पार्टीलाई अघि बढाउनु पर्ने बताए । 

नेता थापाले भन्नुभयो, ‘यो अधिवेशनबाट जब नेपाली काँग्रेसको नेतृत्व आएँछ, ठूला कुरा होइन, स साना कुरा गरौँ, स साना काम गरौँ , यो अधिवेशनबाट नेपाली काँग्रेसले अधिवेशन सकिएको दिनबाट संकःल्प पनि गर्ने हो, कसम पनि खाने हो र पूरा पनि गर्ने हो । बैठक पार्टी सभापति शेर बहादुर देउवा दाईको घरमा हुन्छ, हाम्रो पार्टीको विधानले पदाधिकारी पूर्वपदाधिकारी भन्नेलाई चिन्दै चिन्दैन, चिन्दै नचिनेको बैठकमा चिन्दै नचिनेको समितिले गर्नै नहुने क्रियाशीलको काम गरिरहेको छ, तर हामी गएका छैनौँ, यो एकजनाको काम होइन, हाम्रो हामी सबैको दोष हो ।’

नेता थापाले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई जनालाई उत्तेजनामा ल्याउन र दुई, चार वटा मत बिगार्न लागि पशुपतिको ढोकामा दिनमा पाँच पटक समेत पुग्न तयार रहेको बताए ।

Skip This
Skip This
Logo