धर्म, संस्कृति, परम्परामाथि आक्रमण भयोः राप्रपा नेता लावती

धर्म, संस्कृति, परम्परामाथि आक्रमण भयोः राप्रपा नेता लावती

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले पछिल्लो समय सनातन, आदिवासी धर्म, संस्कृति, परम्परामाथि आक्रमण भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

‘परिवर्तनको नाममा नेपालको मूल मूल्य, परम्परामाथि आघात पुर्याउने काम भयो । आदि कालदेखिको पहिचान, धार्मिक, सांस्कृतिक धरोहर धूमिल पार्ने कार्य भयो । यसबाट नेपाली समाजको सद्गुण र एकतामा नकारात्मक असर पुगेको छ,’ राप्रपाका कार्य सम्पादन समिति सदस्य तथा प्रदेश नं १ का उपाध्यक्ष लावतीले भने।

राप्रपा महाधिवेशन उन्मुख रहेको भन्दै नेता लावतीले महाधिवेशनको बलमा राप्रपा वैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित हुने बताए।

राप्रपा, फिदिम नगरपालिका, वडा नं ३ का अध्यक्ष जयराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न वडास्तरीय भेटघाटलाई सम्बोधन गर्दै युवा नेता लावतीले सो विचार व्यक्त गरेका हुन्।

वडा तहदेखि जारी महाधिवेशनको प्रक्रियाले राप्रपालाई जनताको नजिक लैजाने र यसै अनुरुप राप्रपाले देशव्यापी लहर ल्याउने लावतीले दावी गरे।

राप्रपा अब कहिले नफुट्ने गरी एक भएको भन्दै, एकतावद्ध राप्रपाले राष्ट्रवादी चिन्तन बोकेर राजासहितको प्रजातन्त्र र सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र पूनस्र्थापना गर्ने उनको भनाइ थियो।

महिला र युवामैत्री अवधारणा लिएर राप्रपा अघि बढ्ने उनले बताए।

Skip This
Skip This
Logo