टाउको पछाडिको भाग जोडिएका जुम्ल्याहा दिदीबहिनीको शल्यक्रिया ‘सफल’

टाउको पछाडिको भाग जोडिएका जुम्ल्याहा दिदीबहिनीको शल्यक्रिया ‘सफल’

केन्द्रबिन्दु
0
Shares

इजरायलमा टाउको जोडिएका जुम्ल्याहा दिदीबहिनीको शरीर एक किसिमको दुर्लभ शल्यक्रिया गरेर छुट्याइएको छ।

टाउकोको पछाडिको भाग जोडिएकाले उनीहरू विपरीत दिशामा फर्केर बस्थे। शल्यक्रियापछि एकवर्षे ती शिशुले पहिलो पटक एकअर्कालाई देखेका हुन्।

बीरशीबास्थित एउटा अस्पतालमा उनीहरूको शरीर छुट्याउन गत साता १२ घण्टा शल्यक्रिया गरिएको बताइएको छ। त्यसका लागि महिनौँ तयारी गरिएको थियो। उनीहरू दुवैका लागि टाउकोको छाला ग्राफ्ट गरिएको थियो।

अस्पतालमा शल्यक्रियाका लागि इजरायल तथा अन्यत्रका दर्जनौँ विशेषज्ञहरू संलग्न भएका थिए।
विश्वमा २० पटक मात्रै सम्पन्न गरिएको त्यस्तो शल्यक्रिया इजरायलमा पहिलो पटक गरिएको हो।

"उनीहरूले आफैँ सास फेरिरहेका छन् र खाँदैछन्," सोरोका मेडिकल सेन्टरको प्लास्टिक सर्जरी विभागका प्रमुख एल्डाड सिल्बरस्टाइनले इजरायलको च्यानल १२ न्यूजलाई भने।

शल्यक्रिया भन्दा महिनौँ अघि फुल्ने सिलिकन ब्यागहरू ती शिशुको टाउकोमा हालिएको थियो र छाला आवधिक रूपमा तन्काइएको थियो। मस्तक पुनर्निर्माणपछि उनीहरूको टाउको जोड्न नयाँ छालाको उपयोग गरिएको थियो।

ती दिदीबहिनीको जन्म गत वर्ष अगस्टमा भएको हो। उनीहरूको जीवन सामान्य हुने अपेक्षा गरिएको छ।बीबीसीबाट

Skip This
Skip This
Logo