झापाको कचनकवलमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जना मृत्यु भएको छ। दुर्घटनामा परी दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा कचनकवल गाउँपालिका-६ निवासी ३८ वर्षीय सोम दहाल रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।
प्रहरीका अनुसार सोमबार राति ८ बजे बनियानी बालुवाडी भित्र सडक खण्ड अन्तरगत कचनकवल– ६ स्थित होसना बोडिङ स्कुल अगाडी तीव्र गतिमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको मे १० प ५३८९ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट जाँदै गरेको मे ८ प २१३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो।
दुर्घटना परी कचनकवलका २५ वर्षीय करण राजवंशी, सोही मोटरसाइकलको पछाडि सवार कचनकवल ३ निवासी १८ वर्षीय जयमति राजवंशी घाइते भएका थिए।
घाइते राजवंशीको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जनाइएको छ। घाइते जयमतिको भद्रपुरस्थित ओम साई पाथीभरा अस्पतालमा उपचार भइरहेको छ।































प्रतिक्रिया