१४ औं महाधिवेशनमा सभापति बन्ने तयारी १३ औं महाधिवेशनदेखि नै गरेकाे थिएँः विमलेन्द्र निधि

१४ औं महाधिवेशनमा सभापति बन्ने तयारी १३ औं महाधिवेशनदेखि नै गरेकाे थिएँः विमलेन्द्र निधि

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४ औं महाधिवेशनमा सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। यससँगै उनले महाधिवेशन केन्द्रित गतिविधि अघि बढाएका छन्।

उपसभापति निधि नेतृत्वको दाबी गर्दै अघि बढेपछि पुनः नेतृत्व दोहोर्‍याउन चाहेका वर्तमान सभापति शेरवहादुर देउवा अप्ठेरोमा परेका छन्। निधिले २ हप्ता अघिदेखि नै काठमाडौंमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका छन्। सभापतिमा उम्मेद्वारी घोषणा गरिसकेकाले सम्पर्क कार्यालय खोलेर काम अघि बढाएको उनले बताए ।

उनले थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेका हुन्। लामो समय सभापति शेरबहादुर देउवा निकट रहेर काम गरेका निधि आसन्न महाधिवेशनमा देउवालाई नै चुनौती दिने गरि अगाडि बढेका छन्।

देउवा समूहभित्रका प्रभावशाली नेता निधिले सभापतिको उम्मेद्वारी दिने घोषणा यसअघि नै गरेका थिए। 

यसपटक कांग्रेस उपसभापति निधिसँग केन्द्रबिन्दुका लागि विकास आचार्यले गरेकाे कुराकानी याे भिडियाेमा 

 

Skip This
Skip This
Logo