प्रदेश २ : स्थानीय तहमा नेकपा (एस) र लोसपामा कति जनप्रतिनिधि (सूचीसहित)

प्रदेश २ : स्थानीय तहमा नेकपा (एस) र लोसपामा कति जनप्रतिनिधि (सूचीसहित)

केन्द्रबिन्दु
0
Shares

प्रदेश २ मा ३१४ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्।

निर्वाचन आयोगले पार्टी रोज्न दिएको २२ भदौसम्ममा प्रदेशका आठवटै जिल्लाबाट ३१४ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका हुन्।

सप्तरीमा २९, सिरहामा ७१, धनुषामा ४८, महोत्तरीमा सात, सर्लाहीमा ४८, रौतहटमा ८४, बारामा ३२ र पर्सामा पाँच जनाले एकीकृत समाजवादीमा सनाखत गरेका छन्। प्रदेशमा १३ जनाले सनाखत गरिसकेका छन्।

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीमा प्रदेश २ का स्थानीय तहबाट ८६५ जनाले सखानत गरेका छन्।

लोसपा पार्टीका अनुसार सप्तरीमा ९६, सिरहामा १२, धनुषामा १०९, महोत्तरीमा २५८, सर्लाहीमा १३७, रौतहटमा ८८, बारामा १३८ र पर्सामा २८ जनाले लोसपामा सनाखत गरेका हुन्। 
 

Logo