कांग्रेस महाधिवेशन रोक्न माग गरेको रिटमा ‘बेन्च’ बसेन

कांग्रेस महाधिवेशन रोक्न माग गरेको रिटमा ‘बेन्च’ बसेन

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै दायर रिटको सुनुवाइ गर्न ‘बेन्च बस्न नभ्याएको’ जनाएको छ।

सुनुवाइका लागि रिटको पेसी न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा तोकिएको थियो। 

रिट निवेदक नरोत्तम बैद्य हुन्। उनी नेपाली कांग्रेसको बागमती प्रदेश सांसदसमेत हुन्।

कोरोना संक्रमणका कारण महाधिवेशन रोक्नुपर्ने उनको माग छ। महाधिवेशन भएको अवस्थामा लाखौं मानिसहरूको स्वास्थ्य जोखिममा पर्ने उनको तर्क छ।

यही भदौ १८ गते उनले सर्वोच्चमा रिट दायर गरेका थिए।

२० गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र २१ गते न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासमा रिटको पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ भनिएको थियो।

सांसद बैद्यले महाधिवेशन प्रक्रिया रोक्न माग गरेर अदालतमा कानुनी चुनौती दिए पनि कांग्रेसको वडा तहको अधिवेशन सकिन लागेको छ।

वडा अधिवेशन बैद्यले रिट सर्वोच्चमा दर्ता गराएकै दिनदेखि भइरहेको छ। वडापछि कांग्रेसले स्थानीय तह, प्रदेश, संघीय निर्वाचन क्षेत्र हुँदै जिल्ला तह, प्रदेश तह र केन्द्रीय महाधिवेशन गर्ने भएको छ।

Logo