प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेले अवरुद्ध गर्दा बैठक स्थगित भएको छ।
बैठकमा सभामुखले राष्ट्रपतिले संसद आह्वान गरेको पत्र सुनाएपछि सभामुखले बैठकमा संसदहरूलाई स्वागत गर्न नपाउदै एमालेले उठेर बिरोध जनाएको हो।
त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले विपक्षी दलका प्रमुख सचेतकलाई बोल्नका लागि मिनेट समय दिए।
बैठकमा बोल्दै प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो दल टुक्र्याउन सभामुखसापकोटा प्रयोग भएको आरोप लगाए।
सचेतक भट्टराईले एमालेले कारबाही गरेका सांसदलाई बचाउन सभामुखले भूमिका खेलेको बताए ।
‘नेकपा एमालेले कारबाही गरेका सांसदलई बचाउन र नेकपा एमाले टुक्र्याउन किन मतियार बन्नुभयो भन्ने प्रश्न सम्मानित संसदमा हामी जोडदार रुपमा उठाउन चाहन्छौं’ उनले भने ।
प्रमुख सचेतक भट्टराईले एमाले फुटाउन संविधान कानुन नियम विधि सारा विषय उल्लंघन गरिएको बताए ।
लगत्तै सभामुखले आफूले प्रचलित कानुनको आधारमा लिएको र हाल सो मुद्दा सर्वोच्चमा विचाराधीन रहेको बताए।
सभामुखको उक्त हल्का जवाफको विरोधमा सांसदहरूले रोष्टम घेराउ गरे। एमाले सांसदहरूले विधिको शासन कायम गर, संबिधानको सर्वोच्च्च कायम गर, सभामुखको कुर्सीमा बसेर पार्टी फुटाउन पाईदैन लगायतका नारा उराले ।

सभामुखले पटक–पटक प्रतिनिधिसभाको नियामवली २०७५ को खण्ड ‘ख’, ‘ग’ र ‘घ’ आर्कषित गराइरहे । तर एमालेले विरोध गर्न नछोडेपछि १५ मिनेटका लागि बैठक स्थगित गरे ।































प्रतिक्रिया