नेपालमा आज २ हजार १६१ जना निको भए, १ हजार ६४० संक्रमित थपिए

नेपालमा आज २ हजार १६१ जना निको भए, १ हजार ६४० संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १६१ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ३३ हजार १६१ पुगेको छ।

नेपालमा आज १ हजार ६४० जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट २९३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २९ हजार ४७९ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ७३ हजार ५२९ जना र एन्टीजेन परीक्षणबाट ८६ हजार ६ जना पुगेको छ। 

आज १० जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ८८९ पुगेको छ।

आज १३ हजार ४५५ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३९ लाख ९० हजार ५९९ जनाको पिसिआर र ४ लाख ९९ हजार ७२५ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

आज काठमाडौं उपत्यकामा ५६८ जना नयाँ संक्रमित थपिएका छन्। काठमाडौंमा ३४९, ललितपुरमा १५० र भक्तपुरमा ६९ जनामा संक्रमण पुष्टि भएको हो।

Skip This
Skip This
Logo