प्रहरी प्रधान कार्यालय नक्सालले प्राविधिक प्रहरी जवानहरूको नियुक्तिसँगै पदस्थापन गरेको छ।
प्रहरी उपरीक्षक दिलिप घिमिरेले यही भदौ १५ गतेदेखि लागू हुने गरी नियुक्ति गरेर पदस्थापन गरेको बताए।
प्राविधिकअन्तर्गत इन्जिनियरिङ (सञ्चार निर्देशनालय) तर्फ ५८० जना, सूचना प्रविधि निर्देशनालयतर्फ २० जना, भौतिक पूर्वाधार निर्देशनालयतर्फ २७ जना, सवारी महाशाखातर्फ ३७ जना, केनाइन महाशाखातर्फ ४१ जना, हातहतियार मर्मत शाखातर्फ ६ जना, स्वास्थ्यतर्फ १९ जना, विधि विज्ञानतर्फ ६ जना, संगीततर्फ ११९ जनाको नियुक्तिसँगै पदस्थापन भएको हो।
उनीहरूले प्रहरी नियमावली २०७१ (संशोधनसहित) अनुसार यही भदौ १५ गतेदेखि तलब, भत्ता खान पाउने भएका छन्।































प्रतिक्रिया