संसद् बैठकमा देखिएको दुई रोचक दृश्य

संसद् बैठकमा देखिएको दुई रोचक दृश्य

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभाको दोस्रो बैठकमा बुधबार दुईवटा दृश्य देखियो। जुन रोचक छन्।

दुवै दृश्य प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरूले संसद् बैठक चल्दै गर्दा १४ सांसदलाई पदमुक्त गर्न माग गरेर प्रदर्शन गरेपछिका हुन्।

पहिलो दृश्य

एमाले सांसदहरू नाराबाजीसहित प्रदर्शनमा रहँदा विपक्षी दलका सांसदहरू बस्ने ‘रो’ को पछिल्लोतिर देखिए – प्रेम सुवाल।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का एक्ला सांसद सुवाल चस्मा लगाएर तस्बिरमा एउटा पत्र पढिरहेका देखिन्छन्। जतिबेला आसपासका कुर्सीहरू पनि खाली देखिन्छ। 

अघिल्लोतिर भने चर्का नारासहित एमाले सांसदहरू सभामुखविरुद्ध प्रदर्शन गरिरहेका थिए। 

दोस्रो दृश्य

एमाले सांसदहरूले नारावाजीसहित प्रदर्शन गर्दैगर्दा प्रधानमन्त्री शेरबहादुर देउवा कोहीसँग बोलिरहेका देखिन्थे।

उनी हतास मुद्रामा देखिए। जसलाई भुइँतिर मुन्टो पारेर अलिकति जिब्रो बाहिर निकालिरहेको दृश्यले पुष्टि गर्छ। 

Logo