अफगानिस्तानका पूर्वराष्ट्रपति गनीले देश छाड्नुको कारण सार्वजनिक

अफगानिस्तानका पूर्वराष्ट्रपति गनीले देश छाड्नुको कारण सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानका पूर्वराष्ट्रपति अशरफ गनीले एउटा विज्ञप्ति सार्वजनिक गर्दै तालिबान देशको राजधानी काबुल प्रवेश गर्दैगर्दा आफू देश छाडेर भाग्नुको कारणबारे व्याख्या गरेका छन्।

दुई पटक राष्ट्रपति बनिसकेका गनीले अफगानिस्तानका जनतालाई छाडेर जाने आफ्नो नियत नभएको तर ६० लाख मानिस बसोबास गर्ने राजधानी काबुलमा हिंसा नहोस् भन्ने चाहेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा गनीले माफी पनि मागेका छन् तर अफगान राज्यकोषबाट लाखौँ अमेरिकी डलर लिएर आफूले देश छाडेको आरोपको भने उनले कडा रूपमा खण्डन गरेका छन्। उनले तालिबान वा तालिबान सरकारबारे भने टिप्पणी गरेका छैनन्।

को हुन् अशरफ गनी?

अशरफ गनी दुई पटक अफगानिस्तानका राष्ट्रपति निर्वाचित भएका थिए। उनी पहिलो पटक सन् २०१४ मा र दोस्रो पटक २०१९ मा राष्ट्रपति बनेका हुन्। उनी देशका चर्चित शिक्षाविद् हुन्।

उनले आफ्नो जीवनको अधिकतम समय देशबाहिर नै बिताएका थिए। अफगानिस्तानमा तालिबान सत्ता गएपछि र केही वर्षको युद्धपश्चात् गनी स्वदेश फर्केका थिए।

राष्ट्रपति पद सम्हालेपछि उनलाई एकदमै इमानदार व्यक्तिका रूपमा चित्रित गरिएको थियो।

उनी अफगानिस्तानका बहुसङ्ख्यक पाश्तुन समुदायका व्यक्ति हुन्। उनलाई तालिबानले सधैँ अमेरिकाको "कठपुतली" का रूपमा चित्रित गर्ने गरेको बिबिसीले जनाएकाे छ । 

Skip This
Skip This
Logo