सविता राना मगरले राष्ट्रिय टोलीबाट डेब्यु गोल गरेकी छिन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी पहिलो मैत्रीपूर्ण खेलको १४ मिनेटमा युवा खेलाडी सविताले डेब्यु गोल गरेकी हुन्।
सविताले खेलको १४ मिनेटमा नेपाललाई अग्रता दिलाइन्। सविताले राइट विंकर विमला चौधरीको पासमा हेडिङ गोल गरेकी हुन्। सविता यू-१९ टोलीको सदस्यसमेत हुन्।
प्रशिक्षक फिलिप्स ग्यारीले सवितासँगै प्रिती राईलाई डेब्यु गराएका छन्।
नेपाली टिम
गोलरक्षक : एन्जिला तुम्बाप्पो सुब्बा
डिफेण्डर : हिरा भुजेल, गिता राना, अमृता जैशी, पुजा राना
मिडफिल्डर : सविता राना मगर, रेणुका नगरकोटे, दिपा राई, मन्जली कुमारी योञ्जन, विमला चौधरी
स्ट्राइकर : सरु लिम्बु ।न्युज कारखाना





























प्रतिक्रिया