कांग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर रिट खारेज

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर रिट खारेज

केन्द्रबिन्दु
0
Shares

कोरोना महामारीलाई कारण देखाएर कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले आज रिट खारेजको आदेश दिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहितलाई विपक्षी बनाउँदै सर्वोच्चमा १८ भदौमा रिट परेको थियो।

रिट निवेदक कांग्रेसकै नेता नरोत्तम बैद्य हुन्। उनी बागमती प्रदेशका सांसदसमेत हुन्। रिटमार्फत् बैद्यले महामारीबीच महाधिवेशन प्रक्रिया थाल्न नहुने तर्क गरेका थिए।

कोरोना संक्रमणबाट लाखौं मानिसको स्वास्थ्य जोखिममा पर्ने भन्दै महाधिवेशनको प्रक्रिया रोक्नुपर्ने माग रिटमा गरेका थिए।

उनको रिट परेकै दिनदेखि कांग्रेसको वडा अधिवेशन भइरहेको छ। केही जिल्लाको वडा तहमा भने अधिवेशन हुन बाँकी छ। 

ती जिल्लाहरूमा क्रियाशील सदस्यता विवरण सार्वजनिक नभएकै कारण अधिवेशन हुन सकिरहेको छैन। 
 

Skip This
Skip This
Logo