अमेरिकी राष्ट्रपति जोन बाइडेनले कोभिड–१९ नियन्त्रणका लागि विभिन्न नयाँ नियम घोषणा गरेका छन्। डेल्टा भेरियन्टका कारण अझै पनि दिनँहु ठूलो संख्यामा अमेरिकीको मृत्यु भइरहेका बेला राष्ट्रपति बाइडेनले नयाँ नियम घोषणा गरेका हुन्। घोषित नयाँ नियम अनुसार ठूला कम्पनीका सम्पूर्ण कर्मचारीले अनिवार्य खोप लगाएको हुनुपर्नेछ। त्यस्तै, उनीहरुले साप्ताहिकरुपमा आफ्ना कर्मचारीको कोभिड परीक्षण गराउनु पर्नेछ।
८ करोडले अझै लगाएनन् खोप
८ अहिले पनि कोरोनाका कारण दैनिक औषतमा दुई हजार जनाको मृत्यु हुने गरेको छ। कोरोनाबाट अमेरिकामा अहिलेसम्म साढे ६ लाख ७४ हजारको मृत्यु भइसकेको छ। अहिले दिनहुँ डेढ लाख भन्दा बढी अमेरिकी संक्रमित हुने गरेका छन्। नयाँ नियमले करोडौं अमेरिकी प्रभावित हुनेछन्। अझै पनि अमेरिकामा ८ करोडले कोभिडबिरुद्धको खोप लगाएका छैनन्।
खोप लगाएको प्रमाण पेस गर्नुपर्ने
शुक्रबार ह्वाइट हाउसमा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले एक सय जना कर्मचारी हुने हरेक कम्पनीले आफ्ना सबै कर्मचारीले खोप लगाएको प्रमाण पेस गर्नुपर्ने र साप्ताहिकरुपमा कोभिड परीक्षण गर्नुपर्ने बताए। ‘यो अभिव्यक्ति स्वतन्त्रता वा व्यक्तिगत छनौटको विषय होइन। तपाईँहरुको जीवन रक्षा गर्न नयाँ नियम ल्याइएको हो।’
संघीय सरकारले उपलब्ध गराएको सुविधा लिइरहेका १७ करोड स्वास्थ्य सेवा कर्मचारीले पनि पछिल्ला नियम पालना गर्नुपर्ने हुन्छ। सरकारको नयाँ घोषणाको रिपब्लिकनले बिरोध गरेको छ।न्युज कारखाना































प्रतिक्रिया