युएस ओपन टेनिसको उपाधिका लागि राडुकानु र फर्नान्डेज भिड्ने

युएस ओपन टेनिसको उपाधिका लागि राडुकानु र फर्नान्डेज भिड्ने

केन्द्रबिन्दु
0
Shares

युएस ओपन टेनिसको उपाधिका लागि बेलायती खेलाडी एम्मा राडुकानु र क्यानडाकी लेला फर्नान्डेजले प्रतिस्पर्धा गर्ने भएका छन्। टिनेज खेलाडी राडुकानु र फर्नान्डेज दुवै जना पहिलो पटक युएस ओपनको फाइनलमा पुगेका हुन्।

शुक्रबार भएको सेमिफाइनलमा ग्रीसकी मारिया सक्कारीलाई पराजित गर्दै राडुकानु फाइनलमा पुगेकी हुन् । १८ वर्षिया राडुकानुले सक्कारीलाई ६–१ र ६–४ को सेटमा हराइन्। 

यस्तै यसअघि १९ वर्षिया फर्नान्डेजले आर्यना सबालेन्कालाई ७–६ (७–३), ४–६ र ६–४ को सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेकी थिइन्। 

Skip This
Skip This
Logo