आज सेप्टेम्बर ११। आज अमेरिकामा आत्मघाती हमलादेखि लिवियाको दूतावासमा हमला भएको थियो। प्रस्तुत छ विश्वमा आज भएका केही घटनाः
लिवियाका अमेरिकी दूताबासमा हमला
सन् २०१२ मा लिबियाकोे बेन्घाजीस्थित अमेरिकी दूतावासमा आक्रमण हुँदा लिवियाका लागि अमेरिकी दूतु क्रिस्टोफर स्टेभेन्ससहित चार कूटनीतिज्ञको मृत्यु भएको थियो। आधुनिक हतियार बोेकेका करिब एक सय पचास सःशस्त्र लडाकुले दुई वटा भवनमा अन्धाधुन्दा गोली प्रहार गरेका थिए। तत्कालिन विदेशमन्त्री हिलारी क्लिन्टनको विवादस्पद अभिव्यक्तिपछि दूतावासमा हमला भएको थियो।
शक्तिशाली बमको परीक्षण
सन् २००७ मा रसियाले एउटा शक्तिशाली बम परीक्षण गरेको थियो। गैरआणविक सो बमलाई मध्य आकाशमा बिस्फोट गराइएको थियो। बिस्फोट गर्दा थप अक्सिजन चाहिएको थियो। बिस्फोटका बेला बमले फालेको उर्जा ४४ टन टीएनटी बराबर थिए।
अमेरिकामा अतिवादी हमला
सेप्टेम्बर ११ लाई अमेरिकी इतिहासमा कालो दिन हो। सन् २००१ को सेप्टेम्बर ११ मा चार वटा आत्मघाती बम हमला भएका थिए। अतिवादीले क्यालिफोर्निया उड्न लागेका चार विमानलाई अपहरण गरी महत्वपूर्ण स्थानमा बिस्फोट गराएका थिए। दुई विमानलाई विश्व व्यापार केन्द्रको टावरमा बिस्फोट गराइएको थियो। बिस्फोटपछि टावरमा दुई घन्टासम्म आागो लागेको थियो। तेस्रो विमानलाई अमेरिकी रक्षा मन्त्रालय रहेको भवन पेन्टागनमा जोतिएको थियो भने वासिंगटनतर्फ बढिरहेको अर्को विमान पेन्सालभेनियाको आकाशमा बिस्फोट भएको थियो।
ती सबै हमलामा ३ हजार जनाको मृत्यु हुनुका साथै ६ हजार घाइते भएका थिए। आक्रमणमा अर्बौं डलर क्षति भएको थियो। अतिवादी सञ्जाल अलकायदाले सो हमला गरेको थियो। सोही हमलापछि अमेरिकाले अफगानिस्तानमा आक्रमण सुरु गरेको थियो।
क्वालालम्पुरमा कमनवेल्थ खेल सुरु
सन् १९९८ मा पहिलो पटक एशियाली मुलुक क्वालालम्पुरमा पहिलो कमनवेल्थ खेल सुरु भएको थियो। सो खेलमा ६९ देशका विभिन्न खेलाडी सहभागी थिए। हरेक चार वर्षमा कमनवेल्थ खेल हुन्छ।
अकुपाइ वाल स्ट्रिट आन्दोलन
आर्थिक असमानतको बिरोधमा सन् २०११ को सेप्टेम्बरमा न्युयोर्क सहरको आर्थिक जिल्ला वाल स्ट्रिट आन्दोलन सुरु भएको थियो। यो आन्दोलनबाट प्रभावित भएर क्यानडालगायत अन्य देशमा पनि आर्थिक असमानताबिरुद्ध आन्दोलन भएको थियो। सामाजिक तथा आर्थिक असमानता, लोभ, भ्रष्टाचार जस्ता विकृतिलाई अकुपाई वाल स्ट्रिटले उठाएको थियो। सोही वर्षको नोभेम्बरमा प्रदर्शनकारीलाई त्यहाँबाट हटाइएको थियो।न्युज कारखाना































प्रतिक्रिया