भारतमा कोरोनाका ३३ हजार नयाँ सङ्क्रमित थपिए

भारतमा कोरोनाका ३३ हजार नयाँ सङ्क्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

भारतमा कोरोना भाइरसबाट थप ३३ हजार ३७६ जना सङ्क्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार विहान दिएको जानकारीअनुसार नयाँ थपिएका सङ्क्रमितमध्ये २५ हजार १० जना केरलाका राज्यमा मात्रै रहेका छन्। 

पछिल्लो समय केरलामा दैनिक सङ्क्रमितको सङ्ख्या अत्यधिक धेरै देखिएको छ। भारतका बाँकी भू–भागमा भन्दा केरलामा सङ्क्रमितको सङ्ख्या धेरै देखिएको हो।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ३२ लाख आठ हजार ३३० पुगेको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार भारतमा अहिले कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ९१ हजार ५१६ रहेको छ। 

त्यसैगरी भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म मृत्यु भएकाको सङ्ख्या चार लाख ४२ हजार ३१७ पुगेको छ । तीमध्ये ३०८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो। 

सोही अवधिमा ३२ हजार १९८ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या भने तीन करोड २३ लाख ७४ हजार ४९७ रहेको छ । 

भारतमा केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा बृद्धि हुँदै आएपनि पछिल्ला केही दिनमा घटबढ हुने गरेको पाइएको छ।

Skip This
Skip This
Logo