भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाएका छन् ।
.jpg)
बिहानै उठेर महिलाहरु नजिकको खोला, ताल, पोखरी पुगेर पूजा आराधना गरी ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।
.jpg)
सप्तऋषिको पूजा गरेमा रजस्वलाका समयमा छाइछुइ लगायतका कुनै खाले त्रुटि भएको भए त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । हरितालिका तीजको आज अन्तिम दिन पनि हो ।
.jpg)
सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।
यी तस्विर गोकर्ण र उत्तर गयामा लिइएका हुन् ।
.jpg)
.jpg)
शब्द\तस्विरः उत्सव वाग्ले





























प्रतिक्रिया