लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ ।
स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलको १५औं मिनेटमा रोमेलु लुकाकुको गोलबाट चेल्सीले अग्रता लिएको थियो । खेलकाे ४९औं मिनेटमा कोभासिसले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा लुकाकुले कप्तान सेसर एज्पिलिक्वेटाको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको जित पक्का गरे ।
जीतपछि चेल्सीले शीर्षस्थानको म्यानचेस्टर युनाइटेडसँग अंक बराबरी गरे पनि गोलअन्तरमा दोस्रो स्थानमा रहेको छ । अपराजित रहेको दुवै टोलीको समान ४ खेलबाट १० अंक छ ।































प्रतिक्रिया