डर्टमण्डको रोमान्चक जीत

डर्टमण्डको रोमान्चक जीत

केन्द्रबिन्दु
0
Shares

जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्डले रोमान्चक जीत निकालेको छ । शनिबार राति भएको खेलमा डर्टमण्डले बायर लिभरकुसेनलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।

लिभरकुसेनको मैदानमा अर्लिङ हालाण्ड चम्किएपछि डर्टमण्डले जित निकालेको हो । हालाण्डले दुई गोल गरे । यस्तै जुलियन ब्रान्ट र राफायल गुइरिएरोले एक एक गोल गरे ।

लिभरकुसेनका प्याट्रिक सिक, फ्लोरिन विर्ट्ज र मोउसा डियाबेले एक एक गोल गरे । यस जितसँगै डर्टमण्डले ४ खेलमा ९ अंक जोड्दै डर्टमण्ड तेस्रो स्थानमा छ ।

Skip This
Skip This
Logo