जाजरकोटका गाउँवस्तीमा आइरन चक्कीको अभाव छ। तर, स्वास्थ्य सेवा कार्यालय जाजरकोट भने चक्की गाउँघरका स्वास्थ्य संस्थामा पुर्याउँदैन, बरू म्याद गुजारेर जलाउँछ। यो हरेक वर्षजसो दोहोरिने घटना हो।
स्राेतका अनुसार पछिल्लो पटक ३० लाख आइरन चक्की जलाइएको छ। स्वास्थ्य कार्यालयका प्रमुख टिकाराम जैसीसँग सम्पर्क गर्न खोज्दा फोन सम्पर्क भएन।
गर्भवती र किशाेरीलाई आइरन चक्की निःशुल्क उपलब्ध गराउने सरकारको नीति छ। सुत्केरी अवस्थामा रक्तअल्पता हुने भएकाले आइरन चक्की प्रयोग गरिन्छ।
साउनमा भेरी नगरपालिकाले स्वास्थ्य सेवा कार्यालयसँग आइरन चक्की माग्दा उपलब्ध गराएको थिएन। अहिले जिल्लाका ६ वटा पालिकामा रहेका स्वास्थ्य संस्थामा आइरन चक्कीको चरम अभाव छ।
जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाले आइरन चक्की जलाएको विषयमा आफूलाई जानकारी नभएको बताए।न्युज कारखाना































प्रतिक्रिया