एमालेले आज पनि संसद् अवरुद्ध गर्ने, मर्यादामा रहेर विरोध गर्न अध्यक्षको रुलिङ

एमालेले आज पनि संसद् अवरुद्ध गर्ने, मर्यादामा रहेर विरोध गर्न अध्यक्षको रुलिङ

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले आजको प्रतिनिधि सभाको बैठक पनि अवरोध गर्ने भएको छ। संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसद् अवरोध गर्ने बताए। यसअघि पनि एमालेले २३ गते र २५ गतेको बैठक अवरुद्ध गरेको थियो।

एमाले अध्यक्ष ओलीले संसदीय दलको बैठकमा भने, ‘अवरोधको बाटो जारी रहन्छ । यसबारे संचारमाध्यममा, सडकमा व्याख्या गर्न मान्यज्यूहरूमा निर्देशन दिन्छु।’

अध्यक्ष ओलीले सांसदहरूलाई मर्यादामा रहेर सभामुख अघिको रोष्टम घेर्न निर्देशन दिँदै, गैरसंसदीय तरिकाले विरोध नगर्न पनि भनेका छन्।

संसदीय दलको बैठकमा ओलीले एमाले फूटाउन सभामुख नै संलग्न रहेको भन्दै सभामुख त्यो स्थानमा बस्न लायक नरहेको निष्कर्ष निकालेको छ।

Skip This
Skip This
Logo