संखुवासभा हत्याकाण्ड : यी सात ‘क्लु’, को आधारमा लोकबहादुरसम्म पुग्यो प्रहरी

संखुवासभा हत्याकाण्ड : यी सात ‘क्लु’, को आधारमा लोकबहादुरसम्म पुग्यो प्रहरी

केन्द्रबिन्दु
0
Shares

लगातार पानी परेपछि संखुवासभाको मादी–१ उम्लिङको हत्या घटनाको अनुसन्धानमा तालिमप्राप्त कुकुरको सहयोग प्रहरीलाई भएन।

डीआईजी अरुणकुमार बिसीले घटना अनुसन्धान ‘व्यक्ति केन्द्रित’ बनाए। त्यसका लागि भिन्नभिन्न प्रहरी टोली गठन गरे।

उसै त अपराध अनुसन्धान जटिल विषय होे। कुनै घटनामा तत्काल संलग्न पक्राउ पर्छन् भने केही घटनामा ढिलागरि र केही त पक्राउ नै पर्दैनन्।

जसरी पनि संलग्नको पहिचान गरेर पक्राउ गर्दै कानुनी दायरामा ल्याउनु प्रहरीको कर्तव्य हुन्छ। 
मादी घटनामा पनि डीआईजी बिसी नेतृत्वको अनुसन्धान टोलीको परम कर्तव्य घटनामा संलग्नको पहिचान गर्दै पक्राउ गर्नु थियो।

अन्नतः प्रहरीले मादी घटनामा संलग्न भएको आरोपमा २५ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको छ। उनी मृतक तेजबहादुर कार्कीका भतिज हुन्। 

उनलाई प्रहरी गएको मंगलबारदेखि नै प्रहरीले शंकाको घेरामा राखेको डीआईजी बिसी बताउँछन्।

उनका अनुसार उनी घटनामा संलग्न भएको हुन सक्ने यी सात ‘क्लु’ प्रहरीलाई मिलेको थियो।

१) तेजकुमार कार्कीको शव देखाउने व्यक्ति नै लोकबहादुर थिए।

२) टाढाका मानिसबाट हत्या नभएको हुन सक्ने उनको भनाइ थियो।

३) तेजकुमारले कहिलेकाहीँ नातामा भतिज लोकबहादुरलाई ‘पैसा कमाउनुपर्छ, तैंलै विदेशमा पैसा कमाइनस्, अल्छि छस्, यसरी हुँदैन’ भन्ने गरेको, तेजकुमारको उक्त सम्झाइ बुझाइप्रति लोकबहादुरलाई ठिक नलागेको र रिसाएको।

४) प्रहरीले घटनास्थलमा आएकाहरूसँग बयान कागज गराउँदा लोकबहादुरले बारम्बार बयान फेरेको।

५) मलेसियापछि कतार गएको र त्यहाँदेखि आउँदा मानसिक समस्या देखिएको लोकबहादुर घर आएपछि आक्रमक हुने, गाउँघरमा झगडा गर्ने र बुबा र भाइलाई समेत पटकपटक कुटपिट गर्ने गरेको स्थानीयबाट जानकारी पाएको।

६) २१ गते तेजकुमारले गाउँमा खेताला लोकबहादुरलाई पनि लाने भएको र खेतालाको रूपमा ‘कन्फर्म’ गर्न उनकै घरमा गएको।

७) नगद र सुनका गरगहनाहरू घर र मृतकहरूसँगै भेटिएपछि लुटपाट गर्न घटना नभएको, बाहिरबाट घटनामा संलग्न नआएको र रिसिभीको आधारमा नजिकका व्यक्तिबाट घटना भएको प्रहरीको निष्कर्ष भएको।

Skip This
Skip This
Logo