काठमाडौँ ।
अमेरिकी औषधी उत्पादक मोडेर्नाका वैज्ञानिकहरूले आफ्नो कोभिड खोप पछिल्लो समय देखा परेको नयाँ र धेरै सङ्क्रामक कोरोनाभाइरसको प्रकारसँग लड्न सक्षम देखिएको जनाएका छन्।
उक्त कम्पनीका अनुसार प्रारम्भिक रूपमा प्रयोगशालाको वातावरणमा गरिएको जाँचमा भाइरसका त्यस्ता भेरियन्टलाई उक्त खोपले पहिचान गर्न र लड्नका लागि प्रतिरोधी तत्व बनाउन सक्ने देखिएको हो। थप अध्ययनहरू भने सो खोप लगाएका मानिसहरूमै जाँचमार्फत गर्नुपर्ने बताइएको छ।
दक्षिण अफ्रिकामा देखा परेको कोरोनाभाइरसको नयाँ प्रकारका लागि उसले दोस्रो बुस्टर थप गर्ने जनाएको छ।
कस्तो प्रकार
सुरुमा यूके र दक्षिण अफ्रिकामा देखा परेका नयाँ प्रकारमध्ये दक्षिण अफ्रिकाको पहिलेको भन्दा केही घातक हुने प्रारम्भिक अध्ययनहरूमा देखिएको छ।
कोभिडका यी नयाँ प्रकार द्रूत गतिमा कैयन देशमा फैलिसकेका छन्। भाइरसमा यतिखेर देखा परेका विभिन्न बदलाव वा स्वरूप परिवर्तनले मानव कोशिकालाई महामारीको सुरुवाती समयमा भन्दा बढ्ता सङ्क्रमित पार्न सक्ने देखिएको छ।
सेप्टेम्बर महिनामा यूकेबाट फैलिएको उक्त नयाँ प्रकार ७० प्रतिसतसम्म थप सङ्क्रामक पाइएको विज्ञहरू बताउँछन् । यतिखेर तयार रहेका खोपहरू भाइरसको सुरुवाती प्रकारका बेला तयार पारिएका हुन्।
तर वैज्ञानिहरूले त्यसले नयाँ प्रकारको भाइरसलाई समेत काम गर्ने विश्वास गरे तापनि उत्तिकै क्षमतामा गर्छ वा गर्दैन भन्ने थाहा हुन बाँकी छ। बीबीसीबाट































प्रतिक्रिया