इटालियन सिरी ‘ए’ मा साविकको विजेता इन्टर मिलान बराबरीमा रोकिएको छ ।
इन्टर घरेलु टोली साम्पडोरियासँग २–२ गोलको बराबरीमा रोकिएको हो । इन्टरका फेडरिको डिमार्काे र लोउटारो मार्टिनेजले गोल गर्दा घरेले टोलीका माया योसिदा र तोमासो अग्वेलोले बराबरी गोल फर्काए ।
बराबरीपछि इन्टरले शीर्षस्थानमा उक्लने मौका गुमाउँदा तेस्रो स्थानमा रहेको छ । इन्टरको ३ खेलबाट ७ अंक छ । शीर्षस्थानको नेपोलीको ९ अंक छ ।































प्रतिक्रिया