काभ्रे ।
काठमाडौँदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म बुधबारबाट विद्युतीय सार्वजनिक बस सञ्चालनमा आएको छ ।
धुलिखेल नगरपालिकासँगको सहकार्यमा सुन्दर यातायात प्रालिले सञ्चालन गर्दै आएको नेपालकै पहिलो विद्युतीय बसले बुधबारबाट धुलिखेल–काठमाडौँ सेवा दिन थालेको हो ।
नगरपालिकासँगको सहकार्यमा सञ्चालनमा आएको सो बस पहिलो चरणमा चारवटा मात्रै गुडेको नगरप्रमुख अशोक ब्याञ्जुले बताए । उनले भने, “अबको केही दिनमा ३२ वटा बस सञ्चालनमा आउनेछन् ।” प्रदेश सरकारको आर्थिक सहयोगमा धुलिखेलमा तीन रोपनी जग्गामा चार्ज स्टेशन बनाउने तयारी भइरहेको उनले जानकारी दिए।
बस सञ्चालनमा आए पनि भाडा दरको भने अझै टुङ्गो लागेको छैन । यस विषयमा छिट्टै निर्णय गर्ने बताउँदै नगर प्रमुख ब्याञ्जुले अन्य बस सेवाको भन्दा भाडादर सस्तो हुने बताए।रासस































प्रतिक्रिया