इंग्लिस प्रिमियर लिग (इपीएल) मा एभर्टनले बर्नलीमाथि सहज जित दर्ता गरेकाे छ । सोमबार राति गुडसन पार्कमा भएको खेलमा एभर्टनले बर्नलीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन माइकल केन, एन्ड्रोस टाउनसेण्ड र डेमाराई ग्रेले १-१ गोल गरे । बर्नलीका लागि बेनमीले १ गोल गरे ।
खेलको ५३ मिनेटमा बेनमीले बर्नलीलाई अग्रता दिलाए । ६० मिनेटमा माइकलले गोल गर्दै घरेलु टोलीलाई १-१ को बराबरीमा ल्याए । बराबर गोल गरेको पाँच मिनेटमै एन्ड्रोसले २-१ को अग्रता दिलाए ।
६६ मिनेटमा ग्रेले एभर्टनको लागि तेस्रो गोल गर्दै ३-१ को जित सुनिश्चित गरे । जितसँगै एभर्टन तालिकाको चौथो स्थानमा उक्लिएको छ । पराजित बर्नली समान चार खेलबाट एक अंकसहित १८औँ स्थानमा छ ।































प्रतिक्रिया