मोटरसाइकल चोरीमा संलग्न २ जना मोटरसाइकलसहित पक्राउ

मोटरसाइकल चोरीमा संलग्न २ जना मोटरसाइकलसहित पक्राउ

केन्द्रबिन्दु
0
Shares

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने २ जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।

महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश ३ -०२-०१२ प ७१९० नम्वरको कालो, रातो रंगको २२० सी.सी.को पल्सर मोटरसाइकल सवार गरिरहेको अवस्थामा गोदावरी न.पा. वडा नं. १० चापागाउँबाट चालकसहित नियन्त्रणमा लिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका वडा नं. १० ताखेल बस्ने वर्ष २४ को विजय तामाङ्ग रहेको र थप अनुसन्धान गर्दै जाँदा गोदावरी नगरपालिका वडा नं. ११ चारघरे बस्ने वर्ष २६ को रविन्द्र तामाङ्गलाई समेत प्रकाउ गरिएको महाशाखाले जनाएको छ। अनुसन्धानको क्रममा उक्त मोटरसाइकलको वास्तविक नं. प्रदेश ३-०२- ०१२ प ७९९७ खुल्न आएको छ। 

उक्त नम्वरको मोटरसाइकल कीर्तिपुर नगरपालिका वडा नं. ३ समलबाट हराएको हुँदा खोजतलास गरि पाउँ भनी किर्तिपुर नगरपालिका वडा ६ बस्ने प्रजोल महर्जनले ट्राफिक महाशाखामा दिएको निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरि आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, कीर्तिपुर पठाइएको महाशाखाका प्रवक्ता एसपी संजिव शर्मा दासले जानकारी दिए।

Skip This
Skip This
Logo