डाक्टर केसीको सत्याग्रहमा साझा पार्टीको ऐक्यवद्धता

डाक्टर केसीको सत्याग्रहमा साझा पार्टीको ऐक्यवद्धता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

साझा पार्टी संयोजक रवीन्द्र मिश्र र केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले अनसनरत डा गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पतालको सत्याग्रहस्थलमै भेटी उनको मागमा ऐक्यवद्धता व्यक्त गरेका छन् ।

संयोजक मिश्रले अनसनको १७ दिन भइसकेकाले तत्काल समिति बनाएर सार्थक वार्ता गरी केसीको जीवन रक्षा गर्न सरकारलाई आह्वान गरेका छन् ।

साझा पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले भुँईमान्छेको लागि एक बुँद पानी समेत नखाई १७ औं दिन सम्म कठोर आमरण अनसनमा बस्दा पनि सरकारले अनदेखा गर्नु गैरजिम्मेवारीको पराकाष्ठा भएको टिप्पणी गरेका छन्।

‘डाक्टर केसी जनताका लागि हाड छाला सुकाएर, ओँठ कलेटी पारेर २ हप्ता अघिबाटै आमरण अनशनमा हुनुहुन्छ । यस्तो संवेदनशील विषय उठान गर्दा समाजवाद उन्मुख राज्यले ती मागको अपनत्व महशुस गर्नु त कता हो कता केसीका माग सम्बोधन गर्न अहिलेसम्म वार्ता टोली समेत गठन नगरेर अनदेखा गरिरहेको छ, यो भन्दा गैरजिम्मेवारी ब्यवहार के हुन सक्छ ? नेता परियारले टिप्पणी गरेका छन् ।

नेता परियारले सरकारप्रति ब्यंग्य गर्दै भनेका छन्, ’सत्याग्रही केसीको माग सम्बोधनका लागि दुर्गा प्रसाँईहरुले ‘ग्रीन सिग्नल’ नदिएसम्म के राज्यमा तमासा चलि नै रहने हो ?

Skip This
Skip This
Logo