नेकपा एमाले पछारिएको हो, धुलो टक्टक्याउँछ र अगाडि बढ्छ : भुसाल

नेकपा एमाले पछारिएको हो, धुलो टक्टक्याउँछ र अगाडि बढ्छ : भुसाल

केन्द्रबिन्दु
0
Shares

 
नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसालले लडेको एमालेले धुलो टक्टक्याएर अघि बढ्ने बताएका छन्।

रुपन्देहीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भुसालले भने, ‘हामी पछारिएका छौं, घाइते भएका छौ। आन्दोलनका हिसाबले अप्ठेरोमा छौं, तल खसेका छौं तर अहिले पनि ठूलो शक्ति छौं’, उनले थपे, ‘ हामी पछारिएको हो अब उठ्छौं, धुलो टक्टक्याउँछौं र अघि बढ्छौं।’

उपमहासचिव भुसालले पार्टी विभाजनका कारण एमाले घाइते भएको स्पष्ट पारे।

पार्टी विभाजन भएपपछि पछारिएर घाइते भए पनि एमाले सबैभन्दा ठूलो राष्ट्रिय शक्ति भएको उनको भनाइ छ।

२०७४ सालको चुनावमा पार्टीको वर्चश्व फेरि फर्काउने उनले दाबी गरे।

चुनावमा जसरी पनि जित हासिल गर्ने उद्देश्य राख्ने परिपाटी मुख्य समस्या रहेको भन्दै भुसालले यही कारण दलाल पुँजीवाद हाबी हुँदै गएको टिप्पणी गरे। 

उनले पार्टीभित्र र बाहिर दलाल पुँजीवादविरुद्ध लड्नुपर्ने खाँचो रहेको बताए। पार्टीबाट अलग भएका माधवकुमार नेपाल समूह फेरि पार्टीमा फर्किने दाबी समेत गरेका छन्।

‘हामी भर्खर विधान महाधिवेशन गर्न खोज्दैछौं, अब महाधिवेशन बाँकी छ, एमालेबाट अलग भएको समूह फेरि एमालेमा फर्किन्छ, हार्मीसँगै हुन्छौं केही समय धेर्य गरौं’, उनले भने।

पार्टी विभाजनका विषयमा समीक्षा हुनुपर्ने पनि माग गरेका छन्।

Skip This
Skip This
Logo