अल्पमतका मुख्यमन्त्री भीम आचार्यद्वारा दोस्रो पटक मन्त्रिपरिषद् विस्तार

अल्पमतका मुख्यमन्त्री भीम आचार्यद्वारा दोस्रो पटक मन्त्रिपरिषद् विस्तार

केन्द्रबिन्दु
0
Shares

स्पष्ट अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन्।
आचार्यले राज्यमन्त्री तीनसहित पाँच मन्त्री नियुक्त गर्दैछन्।

आचार्यले आर्थिक मामिला तथा योजनामन्त्रीमा तुलसीप्रसाद न्यौपाने, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा हीरा थापा, राज्यमन्त्रीहरूमा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा उत्तम बस्नेत, सामाजिक विकास राज्यमन्त्रीमा ज्ञानेश्वर राजवंशी र लिलाबल्लभ अधिकारीलाई आर्थिक मामिला तथा कानुन राज्यमन्त्री बनाएका छन्।

राज्यमन्त्रीसहित मन्त्रीहरूको सपथ आजै गर्ने कार्यक्रम रहेको प्रदेश सांसद इन्द्रमणि पराजुलीले केन्द्रबिन्दुलाई बताए।

एमालेबाट नेकपा (एकीकृत समाजवादी)मा गएका १० जना प्रदेश सांसदले आइतबार प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारमा समर्थन नरहेको पत्र दर्ता गराएका छन्। 

उनीहरूको पत्रले मुख्यमन्त्री आचार्य नेतृत्वको सरकार स्पष्ट अल्पमतमा परिसकेको छ।
 

Logo