मुख्यमन्त्री भीम आचार्यले माधव पक्षका सात सांसद्लाई रोके

मुख्यमन्त्री भीम आचार्यले माधव पक्षका सात सांसद्लाई रोके

केन्द्रबिन्दु
0
Shares

स्पष्ट अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन्।

आचार्यले विस्तार गरेका मन्त्रीहरूमा यसअघि माधवकुमार नेपाल विचार समूहमा रहेका तर, गएको २२ गते सम्मको सनाखत समायवधि सम्ममा पनि नेकपा एकीकृत समाजवादीमा सनाखत नगरेका चार जनालाई मन्त्री बनाएका छन्।

उनले आज विस्तार गरेको मन्त्रिपरिषद्मा माधव पक्षका तुलसी प्रसाद न्यौपाने र र लिला बल्भब अधिकारीलाई मन्त्री बनाएका हुन्।

जसमध्ये न्यौपाने आर्थिक मामिला तथा योजनामन्त्री र अधिकारी आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री बनेका छन्।

त्यसमध्ये दुई सांसद लछुमन तिवारी र बलबहादुर साम्सोहाङ यसअघि ९ गते आचार्य मुख्यमन्त्री नियुक्त हुँदा सँगै मन्त्रीमा नियुक्त भएका थिए।

तिवारीलाई उद्योग पर्यटन वन तथा वातावरण र साम्सोहाङलाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिइएको थियो।

त्यसबाहेक पनि आचार्यले अन्य तीन सांसदलाई पनि नेकपा एकीकृत समाजवादीमा जानबाट रोकेका छन्।

जसमध्ये सावित्रा जोशी, होमकुमारी साँवा र यसोधा अधिकारी छन्।

यो आँकडाले पनि उनले आफूसहित ८ सांसदलाई एमाले छोड्नबाट रोकेका छन्।

तथापि बाँकी संख्याले पनि उनको पद भने जोगिने अवस्थामा छैन । किनकी आचार्य स्पष्ट रुपमा अल्पमतमा छन्। 

एमालेबाट नेकपा एकीकृत समाजवादीमा गएका १० जना प्रदेश सांसदहरूले गएको आइतबार नै प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारमा समर्थन नरहने पत्र दर्ता गराएका छन् । 

उनीहरुको पत्रले मुख्यमन्त्री आचार्य नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ । यता प्रदेश एक सरकारले आजै असोज २२ गते प्रदेश सभा अधिवेशन बोलाउने निर्णय गरेको छ।

सँगै माधव नेपाल समूहका सांसदहरूले भने सोही दिन मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्ताव दर्ता गराउने बताएका छन्।

 

Logo