मनोज कटुवाललाई विराटनगर वारिवर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। विराटनगरले बिहीबार कटुवाललाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ।
नेपाल पुलिस क्लबका प्रशिक्षक रहेका कटुवालले यसअघि पोखरा प्रिमियर लिग (पिपिएल) को फ्रेन्चाईच टिम चितवन राइनोजको मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन्। उनले टोलीलाई दोस्रो संस्करणको उपाधिसमेत दिलाएका थिए।
नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी कटुवालले राष्ट्रिय टिमको सहायक प्रशिक्षक भएर काम गरिसकेका छन्। चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन्। प्रतियोगितामा साविक विजेता ललितपुर प्याट्रीयट्ससँगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्नेछन्।































प्रतिक्रिया