इतिहासमा आजः क्याम्प डेभिड सम्झौतादेखि जापानसँग चीनको पराजयसम्म

इतिहासमा आजः क्याम्प डेभिड सम्झौतादेखि जापानसँग चीनको पराजयसम्म

केन्द्रबिन्दु
0
Shares

आज सेप्टेम्बर १७। आज चीन–जापान युद्धमा चीनको पराजयदेखि अमेरिकी गृहयुद्धमा भयंकर रक्तपात भएको थियो। त्यस्तै, आजबाटै युरोपेली मुलुक फिनल्यान्डको वर्षौं लामो युद्ध अन्त्य भएको थियो । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः

क्याम्प डेभिड सम्झौतामा हस्ताक्षर
सन् १९७८ मा इजिप्टका तत्कालिन प्रधानमन्त्री अनवर एल सादत र इजरेली प्रधानमन्त्री मेनाचेम विगीनले अमेरिकाको क्याम्प डेभिडमा भएको एउटा सम्झौतामा हस्ताक्षर गरेका थिए। सन् १९७९ मा इजिप्ट र इजरेलबीच भएको एतिहासिक शान्ति सम्झौता नै क्याम्प डेभिड हस्ताक्षरको परिणाम थियो। सोही सम्झौताका लागि अनवर र विगीनले नोवेल शान्ति पुरस्कार पाएका थिए।  

आधा घन्टामा १० हजार मिटर दौड
सन् १९३९ मा फिनल्यान्डका धावक ताइस्तो माकीले २९ मिनेट ५२ सेकेन्डमा १० हजार मिटर दौडेर म्याराथुनको इतिहासमा पहिलो विश्व रेकर्ड राखेका थिए।

जापानद्वारा चीन पराजित
प्योङयाङ युद्ध जितेको भोलिपल्ट जापानले चीनमाथि विजय हाँसिल गरेको थियो। व्याटल अफ दी येलो सि भनिने सो युद्धमा जापान र चीनका सेनाबीच भीषण लडाइँ भएको थियो।

अमेरिकी गृहयुद्धको रक्तपातपूर्ण दिन
सन् १८६२ मा अमेरिकाको म्यारिल्यान्डमा गृहयुद्ध भएको थियो। १७ सेप्टेम्बरलाई म्यारिल्यान्ड युद्धको रक्तपातपूर्ण दिन मानिन्छ । सोही दिन मात्र ४ हजारको मृत्यु भएको थियो।

फ्रेडरिक्साम सम्झौतामा हस्ताक्षर
सन् १८०९ मा स्वीडेन र रसियाबीच फ्रेडरिक्साम सन्धीमा हस्ताक्षर भएको थियो। सो सन्धीले फिनल्यान्ड युद्ध अन्त्य भएको थियो।न्युज कारखाना

Skip This
Skip This
Logo