आईसीसी विश्वकप क्रिकेट लिग–२ः ओमानद्वारा अमेरिका पराजित

आईसीसी विश्वकप क्रिकेट लिग–२ः ओमानद्वारा अमेरिका पराजित

केन्द्रबिन्दु
0
Shares

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा ओमानले अमेरिकालाई हराएको छ। अल अमिरात क्रिकेट मैदानमा बिहीबार राति ओमानले अमेरिकालाई ४ विकेटले हराएको हो।

अमेरिकाले दिएको १ सय ७९ रनको लक्ष्य ओमानले ४९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो। ओमानको जीतमा सुरज कुमारले ३५ रन जोड्दा मोहमद नदीमले ३२ रन बनाए। कप्तान जिसन मक्सुद ३१ रनमा आउट हुँदा आयन खानले १८ र जतिन्दर सिंहले १७ रन जोडे।

यस्तै सन्दीप गउडले अविजित २७ रन जोड्दा नासिम खुसीले अविजित १५ रन जोडे। अमेरिकाका सौरभ नेत्राभाल्करले ३ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४४ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७८ रन बनाएको थियो। अमेरिकाका इल्मोर हुचिन्सनले अविजित रहँदै सर्वाधिक ४९ रन बनाए । यस्तै  करिमा गोरेले ४४ रन जोड्दा जस्करण मल्होत्राले २१ रन बनाए । सुशान्त मोदानीले २० रन जोडे। ओमानका बिलाल खान, मोहमद नदीम र आयन खानले २/२ विकेट लिए।

यस जीतसँगै जारी सिरिजमा ओमानले लगातार दोस्रो जीत निकालेको छ। अमेरिकाको यो लगातार दोस्रो हार हो। जीतसँगै ओमानले १२ खेलमा २० अंक जोडेको छ। ओमान लिग–२ को शीर्ष स्थानमा रहेको छ। अमेरिका १४ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

Skip This
Skip This
Logo