आजसम्म कांग्रेसले क्रियाशील सदस्यता टुंग्याउने !

आजसम्म कांग्रेसले क्रियाशील सदस्यता टुंग्याउने !

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका शीर्ष नेताबीच पार्टीको क्रियाशील सदस्यता विवाद शीघ्र समाधान गरी १४औँ महाधिवेशनअन्तर्गतका स्थानीय तहका अधिवेशन निर्धारित मितिमा सम्पन्न गर्ने सहमति जुटेको छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका शीर्ष नेतासँग समसामयिक राजनीतिलगायत पार्टीको महाधिवेशनका विविध विषयमा छलफल गरेका थिए ।

शीर्ष नेताहरूको छलफलमा टुंगिन बाँकी क्रियाशील सदस्यताको टुंगो आजसम्म लगाउने सहमति भएको एक नेताले जानकारी दिए । बैठकमा क्रियाशील सदस्यताको टुंगो लाग्‍न बाँकी रहेका १३ जिल्ला आजसम्म टुंग्याउनेबारे छलफल भएर सहमतिमा टुंग्याउने सहमित बनेको हो ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, नेताहरु कृष्णप्रसाद सिटौला, डा मीनेन्द्र रिजाल, रमेश लेखकलगायत नेता सहभागी बैठकमा क्रियाशील सदस्यता विवाद समाधान गरी यही असोज ५ गते निर्धारित वडा अधिवेशन समयमै सम्पन्न गर्ने सहमति जुटेको पार्टी कार्यालयले जनाएको छ ।

कांग्रेसले यसअघि ६४ जिल्लाको क्रियाशील सदस्यताको काम सपन्न गरी सोको विवरण सार्वजनिक गरिसकेको छ भने ५७ जिल्लामा वडा अधिवेशनसमेत सम्पन्न गरिसकेको छ ।

Skip This
Skip This
Logo