कर्मचारीहरु जुन पार्टीको सरकार आए पनि सहयोग गर्नोस्ः ओली

कर्मचारीहरु जुन पार्टीको सरकार आए पनि सहयोग गर्नोस्ः ओली

केन्द्रबिन्दु
0
Shares

एमाले अध्यक्ष केपी ओलीले निजामती कर्मचारीले कुनै पनि सरकारलाई असहयोग गर्न नहुने बताएका छन् ।

नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई शनिबार  सम्बोधन गर्दै ओलीले जुन पार्टीको सरकार आए पनि सहयोग गर्न अपिल गरे । तर, आफू प्रधानमन्त्री हुँदा प्रमुख प्रतिपक्षी दलका नेताले सरकारलाई असहयोग गर्न आह्वान गरेको भन्दै गुनासो गरे ।

‘म प्रधानमन्त्री छँदै, नेपालका दोस्रो पार्टीले कर्मचारीहरू भेला गरे। तर त्यहाँ एकपछि अर्को नेताको निर्देशन के रह्यो भने सरकारलाई असहयोग गर भन्दै निर्देशन दिइयो। म छक्क परें, एउटा देशको नेताले सरकारलाई असहयोग गर भनेर कसरी कर्मचारीलाई निर्देशन दिन्छ ?  मलाई आश्चर्य लाग्यो। तपाईंहरू त्यसो नगर्नुहोस्, जसको सरकार आए पनि नियम कानुनको परिधिभित्र रहेर काम गर्नु,’ ओलीले भने ।

उनले आफू पनि भ्रष्टाचार नगर्न र अरुलाई पनि भ्रष्टाचार गर्न नदिनसमेत दाबी गरे । आफूले दोस्रोपटक प्रधानमन्त्रीको शपथ लिएकै दिन आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने निर्णयले भ्रष्टाचारीको मतमा ढ्यांग्रो ठोकेको बताए । न्युज कारखाना

Skip This
Skip This
Logo