अल्जेरियाका पूर्व राष्ट्रपति बौटेफ्लीकाको निधन

अल्जेरियाका पूर्व राष्ट्रपति बौटेफ्लीकाको निधन

केन्द्रबिन्दु
0
Shares

अल्जेरियाका पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको निधन भएको छ । उनको शुक्रबार ८४ बर्षको उमेरमा निधन भएको हो ।

सन् २०१९ अप्रिलमा राजीनामा गर्नुअघिसम्म उनले झण्डै दुई दशक अल्जेरियामा शासन गरेका थिए । देशमा लामो समयसम्म शक्तिशाली व्यक्तिका रूपमा रहेका उनी आन्दोलनकारीको चर्को दवावपछि मात्रै राजीनामा दिएका थिए । उनले राष्ट्रपतिको रूपमा पाँचौ कार्यकाल सम्हाल्नै लाग्दा आन्दोलन भएको थियो ।

आन्दोलनबाट सत्ताबाट बाहिरिएका अब्डेलाजिज पश्चिमी अल्जेरियामा बस्दै आएका थिए । फ्रान्सेली उपनिवेशबाट मुलुकलाई मुक्त गरेपछि उनी पहिलो पटक सन् १९९९ मा राष्ट्रपति भएका थिए । 

फ्रान्सेली उपनिवेश हटाउने संघर्षका क्रममा झण्डै २० हजार जनाको मृत्यु भएको थियो । देशलाई उपनिवेशबाट मुक्त गराउने संघर्षको नेतृत्वकर्ताको रूपमा र राष्ट्रपतिको रूपमा उनले गरेको योगदानका कारण उनको उच्च सम्मान थियो । रासस\एएफपी
 

Skip This
Skip This
Logo